वाम गठवन्धनको नगरपालिका स्तरिय संयुक्त भेला सम्पन्न



भोजपुर, १३ कर्तिक
एमाले माओवादीको वाम गठवन्धनले भोजपुर नगरपालिका स्तरिय संयुक्त भेला गरेको छ । मंसिर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई सक्तत रुपमा अगाडी वढाउन कार्यक्रम गरिहेको हो । भेलाले आफ्ना उमेदवारलाई भारी वहुमतले विजयी गराउनको लागि दुवै पार्टी कार्यकर्ता निर्वाचनको प्रचार प्रसार लाग्ने अग्रह समेत गरेको छ ।

कार्यक्रममा वोल्दै पुर्व सञ्चारमन्त्री, एमाले पोलिटव्युरो सदस्य एवं भोजपुर क्षेत्र नं २ का पदेश सभा तर्फका प्रत्येक्ष उमेदवार शेरधन राईले बाम गठवन्धनको एउटै उद्धेश्य जनतालाई धनि, खुसी र सम्पन्न वनाउन जनताको विकास र समृद्धिको चाहना पुरा गर्ने भएकोले आफ्ना उमेदवारहरुलाई अत्याधिक वहुमत जिताउन आफ्नो ठाउबाट लाग्न आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रममा वोल्दै माओवादी केन्द्रका नेता, पुर्व सासद, एवं प्रतिधिनिका सभाका प्रत्यक्ष तर्फका उमेदवार सुदन किरातीले भोजपुरको विकासमा विगत देखि नै वाम गठवन्धनको महत्वपुर्ण भुमिका रहेको वताउदै जिल्लाका विकास लागि बाम गठवन्धन वाहेक अन्य विकल्प नभएको बताए । साथै गठवन्धनका उमेदवारलाई जिताउन सवै पार्टी पंती कार्यकर्तालाई निर्वाचनको प्रचार प्रसारमा लाग्न  आग्रह गरे।
सोही कार्यक्रममा वोल्दै नेकपा एमाले, केन्द्रिय सदस्य एवं भोजपुर क्षेत्र नं १ का उमेदवार राजेन्द्र कुमार राईले जनमत बाम गठवन्धनको पक्षमा रहेको वताउदै अन्य कुनै पनि दलको झुटा आस्वासनमा नलाग्नी र आफु र आफ्नो गठवन्धनका उमेदवारलाई विजयी गराउन सवै भोजपुर वासी मतदातालाई आहवान गरे । आफुले राजनितिमा लागेर भोजपुरका जनताको हक र अधिकार प्राप्तिको लागि लड्दै आएको स्मरण गराउदै आफनो जित सुनिस्चित रहेको वताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार