११ कार्तिक
नेपाल आईडलका बिजेता बुद्ध लामाले बल्ल कार पाएका छन । नेपाल आईडलका बिजेताले पुरस्कार स्वरुप महिन्द्रा कम्पनिको केयुभी १०० र २० लाख पाउने ब्यवस्था गरिएको थियो तर बुद्ध लामा बिजेता घोषित भैइसके पनि उनले हाल सम्म कार पाएका थिएनन ।
बिरोधका आवाजहरु गाईगुई गुन्जिन थालेपछि हिजो शुक्रबार एक कार्यक्रमका बिच एपिवान टेलिभिजनले विजेता बुद्ध लाई तोकिएको पुरस्कार हस्तान्तरण गरेको हो ।उनले कार र २० लाख नगद सहित १५ लाख बराबरको एल्बमका लागि सम्झौतामा हस्ताक्षर पनि हिजै गरेका छन ।
त्यस्तै दोश्रो हुनेको लागि तोकिएको नगद पुरस्कार रु १५ लाख र तेस्रो हुनेको लागि तोकिएको नगद पुरस्कार रु १० लाख पनि सोहि कार्यक्रममा निशान भट्टराई र प्रताप दासलाई हस्तान्तरण गरियो । नेपालमा पहिलो पटक सर्बा्धिक पुरस्कार राशी सहित गायन प्रतियोगिताको अन्तर्रा्ष्ट्रिय फ्रेन्चाईज भित्र्याएर एपिवान टेलिभिजनले वाहवही त पाए नै तर त्यो भन्दा बढी बिरोध भयो ।
टेलिभिजनले बिजेता घोषणा पश्चात् ३ जनै प्रतिष्पर्धी अति ब्यस्तताको कारण पुरस्कार हिजो मात्रै दिन सकेको जनाएको छ । नेपाल आईडलको गत असोज ६ गते कतारमा सम्पन्न फाईनलमा बुद्ध, निशान र प्रतापको लागी ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट बाट ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाउदै बुद्ध लामाले पहिलो नेपाल आइडलको उपाधि जितेका थिए ।