म्यादी प्रहरीको छनौट प्रक्रिया सम्पन्न, तालिम १२ गतेबाट २४ गते सम्म सञ्चालन हुदै 


भोजपुरको टुडीखेलमा छनौटका लागि लिखित परिक्षा सहभागी परिक्षार्थीहरु ।

भोजपुर,  १० कार्तिक

       पहिलो चरणमा आगामी मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा म्यादि प्रहरीको छनौट प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण, शरिरिक तन्दुरुस्ती , लिखित र अन्तरवार्ता  मार्फत उनिहरुलाई छनौट गरिएको हो । जिल्ला सुरक्षा समितिले विहीवार राती सम्म लगाएर नतिजा तयार गरि शुक्रवार सार्वजनिक गरेको छ । जिल्लामा आवश्यक पर्ने म्यादि प्रहरी छनौटका लागी गत असोज २४ गते बाट ३० गते सम्म माग आवेदन माग गरिएको थियो ।

जिल्लामा एक हजार ७ सय ५६ जनाले आवेदन दिएका थिए । भोजपुर जिल्लामा निर्वाचनका लागी ६ सय ६५ म्यादी प्रहरी आवश्य भएपनि वैकल्पीकमा एक सय ३३ थप गरि नतिजा सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सफल भएकाहरुले नियुक्ति लिन नआएमा, तालिमको क्रम र कार्यक्षेत्रमा खटाएको वेला भागेमा वैकल्पीकहरुबाट क्रम अनुसार वोलाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिए।

छनौट भएकाहरुलाई यहि १२ गतेबाट २४ गते सम्म आधारभुत तालिम दिएर कार्यक्षेत्रमा पठाइने प्रहरीको भनाई छ । जिल्ला सुरक्षा समितिले  कार्तिक पाँच गतेबाट नौ गते सम्म छनौट प्रक्रिया सञ्चालन गरेको थियो ।

तालिम सदरमुकाम सहित अन्य चार ओटा इलाम प्रहरी कार्यालयमा 

म्यादी प्रहरीको तालिम जिल्ला प्रहरी कार्यालय सहित अन्य ४ ओटा इलाका प्रहरी कार्यालयमा हुने भएको छ । आगामी मंसीर १०मा  हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छनौट भएका उनिहरुको तालिम इलाका प्रहरी कार्यालयहरु, दिंला, दिल्पा, घोरटार र तिवारी भञ्याङ्गमा हुने भएको छ ।

१२ गते देखि २४ गते सम्म हुने तालिमको लागि दिंलामा ७२, तिवारी भञ्याङ्गमा ९३, घोरटारमा १ सय २ , दिल्पामा ७२ जना र वाकी जिल्ला प्रहरी कार्यालयमा रहेका छन् । जिल्ला सुरक्षा समितिले आवेदन दिएका मध्येबाट ५ सय ४४ पुरुष र २ सय १ जना महिला गरि ६ सय ६५ जना छनौट गरेको थियो । त्यस्तै समितिले वैकल्पीकमा १ सय ३३ जनालाई राखेको छ ।

फल भएकाहरुले नियुक्ति लिन नआएमा, तालिम वा कार्यक्षेत्रमा खटाएको रहेको वेला भागेमा वैकल्पीकहरुबाट क्रम अनुसार वोलाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार