सञ्चार माध्यमलाई जिम्मेवार वन्न मुख्य मन्त्री राईको आग्रह

धनकुटा, २७ पुस ।
प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनीतिक परिवर्तनपछि आर्थिक सम्बृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यम जिम्मेवार बन्नुपर्ने वताएका छन्। प्रेस काउन्सिल नेपालले धनकुटामा गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेश स्तरीय कार्यक्रमलाई आज सम्बोधन गर्दै राईले यस्तो वताएका हुन् ।

सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानुनलाई पालना गर्न जोड दिंदै पत्रकारलाई जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्नु पर्नेमा उनको जोड थियो ।

मुख्यमन्त्री राईले कतिपय मीडियाले नकारात्मकताको खोजी गर्ने तर सकारात्मक पक्षको उगाजर गर्नेमा कम मात्र चासो लिने गरेकामा भने उनले गुनासो गरे ।