सुआहारा भोजपुरद्धारा पोषण सम्वन्धी घरधुरी सर्वेक्षण नतिजा सार्वजनिक

भोजपुर, २७ पौष ।
सुआहारा भोजपुरको सरोकारवालाहरुसंग घरधुरी सर्वेक्षणको नतिजा प्रस्तुतिकरण तथा जिल्ला स्थारिय परियोजना सल्लाकार समिति वैठक सम्पन्न भएको छ । सुआहाराले जिल्लामा पोषणको क्षेत्रमा काम गरिहेकोले सो कार्यक्रममा मार्फत लिएको वालवालिका तथा सुत्केरी आमाको अवस्था वारेमा स्थानिय तहका जनप्रतिनिधि  तथा सरोकारवाला पक्षलाई जानकारी गराइएको छ ।

यसरी जिल्ला २ वर्ष मुनिका शिशु तथा आमाको अवस्थाको वारेमा जानकारी गराए पश्चात स्थानिय तह लाई सो विषयमा आर्थिक योजना वनाउन सहजहोस भन्ने उद्धेश्यले कार्यक्रम गरिएको अनिता थापाले जानकारी  दिइन् । । कार्यक्रममा सुआहाराका सहजकर्ताले विभिन्न ठाउँमा स्थलगत रुपमा पुगेर रुजु सुची मार्फत संकलन गरिएका विभिन्न तथ्याङ्ग प्रस्तुत गरिएको थियो ।

कार्यक्रम सहभागीहरुले सुआहाराले पोषणको क्षेत्रमा विभिन्न खाले काम गरिरहेको भएपनि त्यो प्रर्याप्त नभएको वताएका थिए । त्यसको लागि कार्यक्रमलाई अलिक वृहत वनाएर लक्षित काम गर्नु पर्ने सुझाव समेत राखेका थिए । कार्यक्रममा जिल्लाका ९ ओटै स्थानियका प्रमुख तथा उपप्रमुख, नागरिक समाज,जिल्ला समन्वय समितिका सदस्य, सञ्चाकर्मी लगाएतको सहभागिता रहेको थियो ।