भोजपुरका सात उद्योगी सम्मानित

भोजपुर, ९ मंसिर ।
भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो ।
दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योग तर्फ बुद्धराज साक्य, सुर्यबहादुर साक्य, नारायण उदास, रोषन शाक्य, उर्मीला औजार उद्योगकी उर्मीला श्रेष्ठ, रन्जिता खुकुरी उद्योगका गणेश विश्वकर्मा र भेजबहादुर खुकुरी उद्योगका भेज बहादुर विश्वकर्मालाई दोसल्ला र ससम्मान पत्रबाट सम्मान गरेको हो ।
दिवसको अवसरमा वोल्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख सचिव केदार न्यौपानेले आवश्यक पर्ने कच्चा पदार्थ र युवाहरुलाई सीप सिक्नका लागि तालीम आयोजना गर्नका सहयोग गर्ने वताए ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले जिल्लाका उद्योग, र उद्योगीका समस्या पहिचान गरी प्रदेश सरकारले यस तर्फ गम्भिर भएर लाग्नु पर्ने बताएका थिए । त्यस्तै उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नु पर्ने सहभागीले बताएका थिए ।