भोजपुर उधोग वाणिज्य सघंमा ध्रुवलाल श्रेष्ठ विजयी

भोजपुर २ मंसिर । भोजपुर उद्योग वाणिज्य संघमा ध्रुवलाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ३ सय दश मत प्राप्त गरि अध्यक्ष पदमा धुर्वलाल श्रेष्ठ विजयी भएका हुन ।उनका प्रतिस्प्रधी रामचन्द्र क्षेष्ठलाई ४३ मतले पछि पार्दै श्रेष्ठ विवजयी भएका हुन् । रामचन्द्र श्रेष्ठले २ सय ६७ मत ल्याका छन् ।

यस्तै प्रथम उपाध्यक्षमा कर्ण मोक्तान ३ सय ४ मत प्राप्त गरि विजयी भएका छन् । फविन्द्र प्रधानलाई ७३ मतले पछि पार्दै मोक्तान विजयी भएका छन् । भने उनका प्रतिस्प्रधी विनद्र प्रधानले २ सय ३१ मत ल्याएका छन् । द्धितिय उपाध्यक्ष्यमा निरकुमार विश्वकर्मा २ सय ८४ मत, महासचिवमा नवीन प्रधान २ सय ८२ मत,  सचिवमा विन्द्र राई २ सय ६३ मत र कोषाध्यक्षमा प्रविण सुवाल २६३ मतले विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रमेश कार्की, कमल प्रधान, राजन राई । देवराज प्रधान, बद्धिकुमार श्रेष्ठ, लाल बहादुर श्रेष्ठ अनिल बस्नेत, ऋषिधन राई, इश्वर श्रेष्ठ, विमल रणपहेली, बसन्ती राई, लाल बहादुर विश्वकर्मा, सागर उदास, गोविन्द प्रधान र अनिल बराइली विजयी हुनु भएका छन् । नव निर्वार्चित अध्यक्ष श्रेष्ठले संघलाई अझ शसक्त्त बनाएर लाने साथै व्यवसायीहरुको हकहितकामा लागी पर्ने र जिल्लालाई आर्थिक रुपमा कसरी समृद्ध बनाउने विषयमा लागीपर्ने बताए ।