भोजपुर हातेमालो समाज युएईद्धारा तीन विद्यालय तथा एक स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

भोजपुर २७ कार्तिक । भोजपुर हातेमालो समाज युएईले मंगलवार एक कार्यक्रम गरि जिल्लाका तीन विद्यालय, एक स्वास्थ्य संस्था र एक गुम्वालाई सामाग्री हस्तान्तरण गरेको छ ।
समाजले टेम्केमैयुङ् गाउँपालिका–५ खावा चोलन्तीमा रहेको जनता प्राथामिक विद्यालय, महेन्द्र आधारभुुत विद्यालय र साकेला प्रथामिक विद्यालयलाई खेलकुद तथा स्टेशनरीका सामग्री, टेम्केमैयुङ्ग गाउँपालिका–५ साविक खावा गाविस वडा नम्वर ७ लाई दुई थान स्टेचर हस्तान्तरण गरेको समाजका उपाध्यक्ष  छिरिङ्ग शेर्पाले बताए । त्यसैगरी समाजले खावाको साङछोलिङ्ग गुम्वालाई सोलर सेट समेत हस्तान्तरण गरेको छ ।

भोजपुरको अरुण गाउँपालिकामा रहेको प्याउली स्वास्थ्य केन्द्रलाई एक थान ह्वील चियर साथै केही समय पछाडी षडानन्द नगरपालिका –१० को शारदा प्राथमिक विद्यालयलाई ५ ओटा ह्वाइटवोर्ड  प्रदान गर्ने समाजका उपाध्यक्ष शेर्पाको भनाई छ ।