भोजपुरमा मजदुरहरुको श्रम अधिकार र सामाजिक सुरक्षा कर सम्वन्धी प्रशिक्षण सम्पन्न

भोजपुर, १२ कात्तिक ।
श्रम सम्बन्ध समिति गठनका लागि स्थानीय सरकारी निकाय रोजगार दाता र अन्टुक सदस्यहरुलाई औद्योगीक सम्बन्ध बारे प्रशिक्षण सोमवार भोजपुर सदरमुकाममा सम्पन्न भएको छ ।

अहिले जिल्लामा धेरै जिल्लाबाट आएर श्रम गर्नेहरुले पनि आफ्नो हक र अधिकारका बारेमा नजानेकाले आफुले पाउने ज्यालमा, सामाजिक सुरक्षा र सुविधा का विषयमा समेत अन्यौलता रहेकोले सो विषयमा जानकारी गराउन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

जिल्लामा रहेर श्रम गर्ने श्रमीकहरुलाई श्रमीकहरुले पाउने अधीकारका विषयमा जानकारी दिने उद्धेश्यले प्रशिक्षण गरीएको हो । अहिले नयाँ श्रम ऐनमा सामाजिक सुरक्षाका कुरा लगाएतका विषय थप भएकाले यी कुरामा श्रमीकहरुलाई जानकारी दिनका लागी कार्यक्रम आयोजना गरीएको ट्रेड युनियन महासंघका उपाध्यक्ष धन वहादुर विकले जानकारी दिए ।

अखिल नेपाल ट्रेड युनियन महासघं जिल्ला शाखा भोजपुरको आयोजनामा भएको प्रशिक्षणमा ट्रेड युनियनका सदस्य चन्द्र शेखर अधिकारी, श्रममिक, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।