भोजपुरमा पनि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

भोजपुर, ११ कात्तिक ।
भोजपुरमा पनि नेपाल प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आइतवार देखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन गरीएको हो । हत्या, हिंसा र बलात्कारका घटना कम गर्न स्थानीय तह र विद्यालयमा शिक्षक तथा विद्यार्थीसँग मिलेर कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुुख केशव थवे वताए ।
जिल्ला प्रहरी कार्यालयको परीसरमा भएको कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्षमण खड्काले गरेका हुन् । देशैभर एकैसाथ सञ्चालन भएको कार्यक्रम लागु गर्ने गरी शनिबार भोजपुर जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ वटै स्थानिय तहहरुसंग सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

प्रमुख जिल्ला अधीकारी हिरा देवी पौडेलको अध्यक्षता भएको कार्यक्रममा भोजपुर नगरपालिकाका मेयेर कैलाश आले, षडान्नद नगरपालिकाका मेयर विरबल राई, रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष विजय राई, जिल्ला समन्वय समिति भोजपुरकी उपप्रमुख अनिषा खड्का, पौवादुम्मा गाउँपालिका उपाध्यक्ष सम्झना राई, लगाएतको सहभागिता रहेको थियो ।