भोजपुरमा मेयर कप ‘महिला फुटबल प्रतियोगिता’ सुरु

भोजपुर ११ कात्तिक।
प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आइतवारबाट भोजपुरमा सुरु भएको छ । प्रतियोगितामा ६ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगीतामा विजेता टिमले नगद ५० हजार ट्रफि मेडल प्रमाणपत्र र उपविजेताले पनि नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाउने जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले जानकारी दिए ।

आइतवार भएको पहिलो खेलमा मातृभुमि कृषि फर्मले टेम्केमैयुङ गाउँपालिकालाई ४–० ले पराजीत गरेको त्यस्तै दोस्रो खेलमा भोजपुर नगरपालिका १० भैसींपंखाले रिमाचुङ स्पोटर्स एकाडेमीलाई २–० ले पराजीत गरेको छ ।

त्यसैगरी सोमवार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका ११ आम्तेक तथा हतुवागढी गाउँपालिका र रीमाचुङ स्पोर्टस एकाडेमी भिड्दै छन् । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन गरिएको हो ।