टेम्केमैयुङ्ग गापामा योजना सञ्चालन सम्वन्धी अणुशिक्षण कार्यक्रम सम्पन्न

भोजपुर, २० भोजपुर ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नम्बर – ९ लेर्खक, वडा नं ८ गोगनेमा मा यस आर्थिक वर्षमा सञ्चालन हुने योजनालाई प्रभावकारी ढंगले कसरी सम्पन्न गर्ने र जनतालाई सहज ढंगबाट कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा शनिबार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडामा सञ्चालन हुन लागेका योजनाहरुलाई प्रभावकारी ढंगले सञ्चालन गराउने भन्ने उद्धेश्यले उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्षसंग अनुशिक्षण कार्यक्रम गरिएको हो ।

गोगनेमा वडा अध्यक्ष कृष्ण वानियाँ र लेखर्कमा वडा अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति टेम्केमैयुङ्ग गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का वडा अध्यक्ष सुनिल राई रहनु भएको थियो । यो संगै गाउँपालिकामा पहिलो चरणको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।