भोजपुर वजारमा आगलागी हुँदा एक घरमा क्षति

भोजपुर २१ असोज ।
भोजपुर वजारको एक घरमा आगलागी भएको छ । आइतवार दिउसो करिव ३ वजे भोजपुर डाँडागाउँको चेङवेनी चोकमा रहेको जय वहादुर तामाङ्गको घरमा रहेको केएफसी होलटमा आगलागी भएको हो ।
घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगो स्थानिय सेना प्रहरी तथा दम्कलको सहयोगमा करिव एक घण्टापछि नियन्त्रण लिएको थियो ।
आगलागीबाट होटल तथा संगै रहेको किराना पसलको सम्पुर्ण सामग्री जलेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी भोजपुरका प्रमुख केशव कुमार थेवेले जानकारी दिए ।