भोजपुरमा पुनः उडान सुचारु , यस्तो छ, उडान तालिका !

भोजपुर, १८ असोज।
वन्द भएको करिव २ महिना पछि भोजपुरमा पुनः विहिवारबाट उडान सेवा शरु भएको छ। जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन महिनाको १९ गतेबाट उडान वन्द भएको थियो ।

उडान भोजपुर – काठमाण्डौ, आइतवार र सोमवार वाहेक हप्तामा ५ दिन र विराटनगर हप्तामा एक दिन (सोमवार) उडान हुने नेपाल वायुसेवा निमग भोजपुरका सहायक प्रमुख राजु मिजारले जानकारी दिए ।

भोजपुरमा उडान भर्दैै आएको ट्वीन अट्टर जहानको मर्मत गर्नु परेकाले यस अघि उडान सेवा वन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ । उडान सेवा शुरुसंगै जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र रिफर गरिएका विरामी तथा अशक्तहरुलाई सहज हुने भएको छ ।