लागूऔषधसहित दुइ पक्राउ

भद्रपुर । लागूऔषध ओसार पसारको आरोपमा दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा भद्रपुर– ५ मेची पुलमा गरिएको चेकजाँचमा भद्रपुर – १०का २८ वर्षिय सन्तोष विश्वकर्मा र सोही स्थानका १९ वर्षिय विपिन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शङ्का लागी चेकजाँच गर्दा उनिहरुको साथबाट लुपिजेसिक, फेनरागन र डाईजेपाम गरी ४८ थान १६ सेट फेला पारिएको प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । उनिहरुलाइ नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान भईरहेको जनाइएको छ ।