स्वास्थ्य संस्थामा प्रशुति गराएकोमा प्रविनालाई ‘रातोभाले’ उपहार

भोजपुर २८ भदौ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकाकाले वर्थिङ्ग सेन्टरमा प्रशुति गराउने माहिलालाई रातोभाले दिएको छ । वर्थिङ्ग सेन्टरमा आएर प्रशुति गराएकोमा पौवादुङमा गाउपालिका -३ की प्रविना लम्जेललाई प्रोत्साहन भक्ता एक हजार सहित एउटा रातोभाले प्रधान गरिएको हो । स्वास्थ्यकर्मी तथा समाजसेवीको उपस्थितीमा गाउँपालिका अध्यक्ष किरण राईले एकहजार नगद सहित रातो भाले प्रधान गरेका हुन ।

गाउँपालिकाको करिव १८ हजार जनसंख्या मध्ये ५१ प्रतिशतको हारहारीमा महिला रहेको अध्यक्ष राईको भनाई छ । पौवादुङ् गाउँपालिकामा तिवारी भञ्याङ्ग, वास्तीम र च्याङ्गेमा गरि तीन ओटा वर्थिङ्ग सेन्टर रहेका छन् । गाउँपालिकाको तेस्रो गाउँसभा मार्फत उक्त निर्णय पारित गरिएको थियो ।