भोजपुरका विभिन्न ठाँउमा यसरी मनाईयो तीज

भोजपुर २६ भदौ ।
हरि तालिका तीजको अवसरमा जिल्ला विभिन्न ठाँउमा तीज विषेश नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तीजको अवसरमा सामुदायिक सेवा केन्द्र भोजपुरले तिज विशेष तृत्य प्रतियोगिता गरेको छ ।

प्रतियोगितमा शिद्धकाली वोर्डिङको प्रतिभा लुईटेलको समुह प्रथम, पुजना राईको समुह दितिय, सरिता राई र पृतना राईको समुह तृतिय र पुर्णिमा तामाङ्गको समुह सान्तावना भएको सामुदायिक सेवा केन्द्र भोजपुरले जनाएको छ । प्रथम, दितिय, तृतिय र सान्तावा हुने समुहले क्रमश ३ हजार, २ हजार १ हजार र ५ सय पाएको सामुदायिक सेवा भोजपुरकी अध्यक्ष लिलामाया तामाङ्गले बताईन ।

त्यस्तै भोजपुर नगरपालिका –४ शिद्धेश्वरमा पनि तीज विषेश तृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्यदय महिला प्रमथ, प्रतिभा महिला समुह दितिय, अजम्वरी महिला समुह तृतिय र जाल्देवी महिला समुह सान्तावना भएको छ । प्रथम दितिय, तृतिय र सान्ताना हुने समुहले क्रमश ३ हजार, २२ सय, १५ सय र ८ सय पाएको कार्यक्रमकी अध्यक्ष कमला राईले जानकारी दिईन ।

त्यस्तै जिल्लाको प्रसिद शिद्धकाली मन्दिर, पौवादुङ्मा गाउँपालिकामा रहेको सन्तानेश्वर महादेव मन्दिर, भोजपुरको टेम्केमैयुङ्ग गाउँपलिका ८ गोगनेमा रहेको शिवालय मन्दिर, साल्पासिलिछो गाउँपालिकामा रहेको महादेव गुफा लगाएका जिल्ला विभिन्न मठ मन्दिरमा मेला लागेको थियो । प्रत्येक वर्षको भाद्र शुक्ल द्धितीया देखि पञ्चमीसम्म मनाइने हरितालिका तीज हिन्दु नारीहरुको विशेष पर्व हो । धार्मिक तथा सांस्कृतिक महत्व बोक्ने पर्व तीजलाई महिलाहरुले सुःख, दुःख र सदभाव साट्ने उत्सबका रुपमा मनाउने गरेका छन् ।