भोजपुरको दावा वजारमा अनुगमन, डेढ लाख वरावरको म्याद गुज्रिएको खाद्य सामग्री नश्ट

भोजपुर, २ भदौ । भोजपुर सदरमुकामबाट पश्चिमी क्षेत्रमा अवस्थित दावा वजारबाट डेढ लाख वरावरको म्याद गुज्रिएको खाद्य सामग्री नश्ट गरिएको छ । सो क्षेत्रमा रहेका सवै पसलहरुको अनुगमनको क्रममा सो वरावरको सामग्री नश्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनको क्रममा २०७२ सालमा नै म्याद गुज्रिएको सामग्री समेतका फेला परेको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
एक स्थानियको किराना पसलबाट सवैभन्दा वढी ८६ हजार वरावरको सामग्री फेला परेको न्यौपानेले वताए । जसमा ५१ हजार वरावरको विस्कुट र ३५ हजार वरावरको अन्य सामग्री रहेको उनको भनाई छ ।
त्यस्तै अनुगन टोलीले औषधी पसलको पनि अनुगमन गरेको छ ।
अनुगमनको क्रममा फेला परेको १३ भाएल औषधी पनि नश्ट गरिएको छ । त्यसै गरी म्याद गुज्रिएको १३ ओटा क्यान वियर ६ वोतल अन्य वियर पनि नश्ट गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ३, ४ दावामा अवस्थित यस वजारमा लामो समय देखि अनुगमन हुन नसकेको स्थानियले वताएका छन् । यो वजार भोजपुर सदरमुकामबाट करिव डेढ घण्टाको पैदलदुरीमा रहेको छ ।