बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

काठमाडौं २८ साउन । मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराएको हो । मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो । उसका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए ।

तर, पहिलो हाफको अन्त्यतिर जेरार्ड पिकेले बराबरी गोल फर्काए । खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गरे । टेर स्टेगनले एलेक्स भिडाललाई फल गरेपछि सेभियाले पेनाल्टी पायो । तर, डेयरको प्रहार टेरस्टेगनले रोक्दै बार्सिलोनालाई सुपर कपको उपाधि दिलाएका छन् ।