भोजपुरको अरुण गाउँपालिकाद्धरा विगतमा राज्यको तर्फबाट अपाङ्गाता भत्ता नपाएका १ सय २० जनालाई भक्ता वितरण

भोजपुर २५ साउन ।
भोजपुरको अरुण गाउँपालिकाले राज्यको तर्फबाट विभिन्न कारणले अपाङ्गता भक्ता नपाएकाहरुलाई अपाङ्गता भक्ता वितरण गरेको छ । गाउँपालिकाको निर्णय अनुसार गत आर्थिक वर्षमा गाउँपालिका भित्र रहेका १ सय २० जनालाई वार्षिक ६ हजारका दरले अपाङ्गता भक्ता वितरण गरेको गाउँपालिका अध्यक्ष गजेन्द्र वहादुर कार्कीले जानकारी दिए ।

विभिन्न कारणले अपाङ्गता भएका व्यक्तीहरुलाई गाउँपालिकाले पहिचान गरेर भक्ता दिएको अध्यक्ष कार्कीको भनाई छ । उनले भने ‘ विभिन्न कारणले अपाङ्गा भएका तर राज्य तर्फबाट भक्ता नपाएका मानिसहरुलाई गाउँपालिकाले पहिचान गरेर, गत वर्ष १ सय २० जनालाई भक्ता वितरण गयौ, तर यो संख्या हाल वढि रहेको छ । उनिहरुको पनि कागजात तथा अन्य शारिरिक अवस्था हेरेर यो वर्षबाट भक्ता दिने व्यवस्था मिलाउछौ ।’ त्यस्तै गाउँपालिका भित्र रहेका ५७ जना महिला स्वयम सेविकालाई पनि प्रतिव्यक्ती १३ सय ५० का दरले ७६ हजार ९ सय ५० रुपैया वितरण गरेको र यो प्रक्रिया यो आर्थिक वर्षमा पनि जारी रहने गाउँपालिकाले जनाएको छ ।