किरात राई यायोक्खा भोजपुरद्धारा जनप्रतिनिधिलाई सम्मान

भोजपुर, २२ साउन ।
किरात राई यायोक्खा भोजपुरले जनप्रतिनिधीलाई सम्मान गरेको छ । यायोक्खाले ३१ औ स्थापना दिवसको अवसरमा किरात राई समुदायका प्रमुख तथा उप–प्रमुखलाई सम्मान गरेको हो


जिल्लाको नौ वटा स्थानिय तह मध्ये सात ओटा स्थानिय तहका किरात समुदायका प्रमुख तथा उप प्रमुख र भोजपुर नगरपालिकाको उप – प्रमुखलाई सम्मान गरेको हो ।


त्यस्तै कार्यक्रम मार्फत विद्यार्थीहरुलाई छात्र वृति समेत वितरण गरिएको छ । विभिन्न व्यक्ती व्याक्तित्वहरुले स्थापना गरिदिएको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृति दिइएको हो । जसमा ‘नरहरि टिकालक्ष्मी, जमुना राई’ अक्षयकोषबाट सानोदुङ्मा माध्यमिक विद्यालयका सुनिल कुमार राई, आर्दश शिशु प्राथमिक विद्यालय पुरानो डवलीका कक्षा –४ अध्ययनरत मनिका राई र जनसेवा आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत प्रशान्त राईलाई प्रति व्यक्ति ७ हजार ५ सयका दरले छात्रवृति वितरण गरिएको हो ।

त्यस्तै ‘नारायण प्रसाद थुलुङ्ग देविरत्ना, अमृता देवि राई’ स्मृति कोषबाट चण्डेश्वरी प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत साहीमान राईलाई नगद ३ हजार ८सय वितरण गरिएको छ । त्यस्तैगरि ‘स्वर्गीय रविन राई’ स्मृति कोषबाट किरात समुदायबाट भोजपुरमा सामुदायिक विद्यालय अन्तर्गत एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सन्त माध्यमिक विद्यालय नेपाले डाँडाकी छात्रा सविना राईलाई नगद तीन हजारको साथमा प्रसंशा पत्र वितरण गरिएको छ ।

किरात राई यायोक्खा अध्यक्ष सृजना राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति प्रतिनिधि सभा सदस्य सुदन किराती रहेका थिए । कार्यक्रमको अवसरमा विभिन्न व्यक्ती व्यक्तियले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।