नेदरल्याण्डविरुद्धको खेलमा सोमपाल कामी बने म्यान अफ दी म्याच

काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेदरल्याण्डविरुद्ध ऐतिहासिक जीत दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सोमपाल कामी म्यान अफ दी म्याच घोषित भएका छन् ।
शुक्रबारको नेदरल्याड्स विरुद्धको खेलमा उनले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा सोमपालले आक्रामक पारी खेल्दै सर्वाधिक ६१ रन बनाए । उनले मात्र ४६ बलमा ३ छक्का र ५ चौका हिर्काउँदै सो रन जोडेका थिए । यस्तै उनले बलिङतर्फ एक विकेट पनि लिन सफल भए ।

रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्याण्डलाई १ रनले हराएको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८।५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनाएको थियो । जीतका लागि २ सय १७ रनको लक्ष्य पाएको नेदरल्याण्डले अन्तिम ओभरको बलमा अलआउट हुँदै मात्र २१५ रन बनायो ।

अन्तिम बलमा जीतका लागि २ रन आवश्यक भएको अवस्थामा फ्रेड क्लासनलाई कप्तान पारसले रनआउट गरेपछि नेपालले नयाँ इतिहास रच्न सफल भयो । आजको खेलमा कप्तान पारस खड्काको पनि अलराउण्ड प्रदर्शन रह्यो ।