भोजपुरमा वेवारिसे अवस्थामा भेटिएका एक व्यक्तीको उपचारको क्रममा मृत्यु

भोजपुर १८ साउन ।
भोजपुरको रामप्रसादराई गाउँपालिकामा वेवारिसे अवस्थामा भेटिएका एक व्यक्तीको उपचारको क्रममा वुधवार मृत्यु भएको छ । सोही गाउँपालिकाको वडा –६ छापागाउँको खोला खर्क जंगलमा लडीरहेको अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेका पुरुषलाई जनप्रतिनिधि र स्थानिय वासिन्दाले स्वास्थ्य चौकीमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृत्यु पस्चात उनी रामप्रसाद राई गाउँपालिका वडा –२ धोद्लेखानी वस्ने ६३ वर्षीय टेक वहादुर भुजेल रहेको मृतकका दाजु निरकुमार भुजेलले सनाखत गरेको प्रहरीको भनाई छ । आवश्यक प्रक्रिया गरि पोष्टमार्टम पछि सव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।