छोराको हत्या गरी आमाले गरिन् आत्महत्या

टीकापुर स् कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका( २ कुम्भीयामा एक महिलाले छोराको हत्या गरेपछि आत्महत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय बौनियाँका अनुसार कुम्भीयाकी २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

उनले सोमबार अपरान्ह्र तीन बजेतिर कोठाभित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको बताइएको छ। श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताएका छन्।

‘ठूलो पानी परिरहेको थियो। म गोठमा राँगालाई घाँस खुवाउँदै थिए,’ उनले भने, ‘एकछिन पछि कोठाभित्र जाँदा भित्रबाट बन्द गरेको थियो।बोलाउँदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा भित्र छोरा र श्रीमती झुण्डिएको अवस्थामा फेला परे।’ उनीहरुको २०७० सालमा बिहे भएको थियो। अन्नपूर्ण पोस्टबाट