भोजपुरको हतुवागढीमा प्रभु बैंकको १५६ औं साखा विस्तार

भोजपुर,३१ असार ।
भोजपुरको हतुवागढी गाउँपालिकामा प्रभु बैंकको एक सय ५६ औं शाखा बिस्तार भएको छ ।
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीलाई लक्षित गरि सरल र सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्धेश्यका साथ बैंक सञ्चालनमा ल्याएको बैंकको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले आइतवार एक कार्यक्रमका बिच बैंकको उद्घाटन गरेका हुन् । राईले वैंकको स्थापनाले विकास निर्माण ,शिक्षक कर्मचारी,उद्यमी व्यापारीको कारोबारमा सहजतासंगै गाउँपालिकाको आर्थिक समृद्धिको आधार, कृषि,उद्यम र पर्यटन पूर्वाधारलाई सघाउने विश्वास लिएको वताए ।


नेपाल सरकारले ‘एक घर एक खाता, एक व्यक्तिको बैँक खाता अनिवार्य’ गराउने अभियानलाई सफल बनाउन बैंकले सामाजिक उत्तरदाहित्व बहन गर्ने गरि शाखा विस्तारलाई प्राथमिकता दिएको वैकका प्रदेश नम्वर एक प्रमुख लेखराज कार्कीले वताए ।