जिल्ला युवा समिति भोजपुरद्धारा एक साथ तीन ओटा तालिम समापन

भोजपुर,२८ असार ।
भोजपुर सदरमुकाममा एक साथ तीन ओटा तालिमको समापन गरिएको छ ।

जिल्ला युवा समितिले युवाहरुलाई स्वरोजगार वनाउने लक्ष्यका साथ सञ्चालन गरेको तीन सय ९० घण्टे एड्भान्स सिलाई कटाई, व्युटीसीयन र आधारभुत मोवाइल मर्मत तालिमको समापन गरिएको हो ।

सिलाई कटाई र व्युटी सीयन  ५/५ जना र मोवाइल मर्मत तर्फ १० जनाको सहभागीता रहेको थियो । तालिमको समापन कार्यक्रममा वोल्दै जिल्ला युवा समितिका अध्यक्ष विकास राईले सिकेको सीपलाई सदुपयोग गर्दै आगमी दिनमा व्यवसायिक भएर लाग्न सवै सहभागीहरुलाई आग्रह गरे ।

साथै उनले तालिममा सहभागी भएकाहरुले आगमी दिनमा व्यवसायिक ढंगले काम गर्ने लक्ष्यका साथ योजना वनाएर आएमा विना धितो विना व्याज ऋण उपलव्ध गराउने समेत वताए ।