पाँच उद्यमी सम्मानित

भोजपुर, २७ असार ।
जिल्ला युवा समिति भोजपुरले ५ जना उद्यमीलाई सम्मान गरेको छ ।कार्यालयले लामो समय देखि व्यवसायमा संलग्न युवा उद्यमीलाई सम्मान गरेको हो ।

सम्मानति हुनेमा शान्ती चेम्जोङ्ग लिम्वु, कमल भुजेल, नविन प्रधान, विवेक श्रेष्ठ र रोसन शाक्य रहेका छन् । सम्मानित सवैलाई सम्मान पत्रको साथ जनही नगद तीन हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा वोल्दै जिल्ला युवा समिति अध्यक्ष विकास राईले युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्धेश्यले सम्मान गरिएको जानकारी दिए ।