भोजपुरको रानीवासमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भोजपुर,२७ असार ।
भोजपुरको हतुवागढी गाउँपालिका– २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

वुधवार विहान लुङगिनबाट भोजपुर सदरमुकाम तिर आउदै गरेको को १ त ८६३१ नम्वरको ट्याक्टर व्रेकफेल भई दुर्घटना हुँदा चालक वडा नं–६ होम्ताङ बस्ने २७ वर्षीय कृपा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राईको ट्याक्टरको अगाडीको भागले किच्दा घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । सोही ट्याक्टरमा रहेका अन्य तीन जना भने सकुसल रहेको प्रहरीले जनाएको छ ।