छोरीलार्इ आगो लगार्इ हत्या गरेको आरोपमा बुबासहित परिवारकै चार सदस्य पक्राउ

धरान । छोरीलार्इ आगो लगाएर हत्या गरेको आरोपमा बुबासहित परिवारका चार सदस्यलार्इ प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही कन्चन गाउपालिका – ५ कि समीक्षा ठकुरीलार्इ आगो लगार्इ हत्या गरेको आशंकामा बुबासहित हजुरआमा र दुर्इ फूपुलार्इ पक्राउ गरेको हो ।

समीक्षालार्इ सुतिरहेको बेलामा आफ्नै बुबाले आगो लगाएर हत्या गरेको किटानी जाहेरीका आधारमा उनीहरूलार्इ रुद्रपुर र बुटवलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। समीक्षाको असार २० गते उपचारको क्रममा मृत्यु भएको हो ।

र्इलाका प्रहरी बुटवलका अनुसार घटना शंकास्पद रहेकाले अनुसन्धानका लागि उनीहरूलार्इ पक्राउ गरिएको हो ।

सुतिरहेको बेला शरीर जलेको थाहा पाएर चिच्याउँदै धारामा आएपछि छिमेकीले समीक्षालार्इ लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुर्याएका थिए । उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाण्डौंस्थित वर्न अस्पताल लगिएको थियो ।

घटना हुनुभन्दा केही समयअघि पनि उनलार्इ परिवारका सदस्यले कुटपिट गरेको छिमेकी तथा मावलीहरूको भनाइ छ ।

नौं महिनाकी हुँदा आमा र बुबाको सम्बन्ध बिग्रीएका कारण उनी मावलीमै बस्दैआएकी थिइन् । छ महिनाअघिदेखि मात्रै उनी बुबाको घरमा गएकी थिइन् । उनलार्इ अंश दिनुपर्ने भएकाले जलाइएको हुनसक्ने आशंका गरिएको छ ।