खाँदबारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

संखवासभा,२५ असार । संखुवासभाको खाँदबारी नगरपालीकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सोमबार उद्घाटन गरिएको नगरपालिकाको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

स्थानिय निकायमा जनप्रतिनिधि आएपछि भएको तेस्रो नगरसभामा नगरपालिका प्रमुख मुरारी प्रसाद खतिवडाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम गरे । खतिवडाले आर्थिक बर्ष ०७५/०७६ को ६० करोड ८६ लाख ४२ हजार ५ सय ५० कुल बजेट भएको विबरण पेश गरेका छन् ।
समृद्ध खाँदबारी नगरको निर्माणमा केन्द्रित भई कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, सामाजिक सुधार, भौतिक पुर्वाधार, शहरी विकास, महिला बालबालिका जेष्ठ नागरिक तथा लक्षित वर्ग समुदाय, सुशासन, विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कर प्रशासन, अनुगमन तथा मूल्याङ्कन र नागरिक प्रक्रिया र न्याय निरुपन आदि विभिन्न विषयहरुको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
मेयर खतिवडाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा खाँदबारी नगरपालिका कार्यालय देखि नगरका सम्पुर्ण वडामा पुग्ने सडकहरुको स्तरउन्तोतिलाई पहिलो प्राथमिकता दिइएको छ ।

नगरपालिकाको पुर्वधार विकाश तर्फ यस वर्ष सुरु भएका योजनाहरुलाई निरन्तरता दिने,४ वर्षमा नगरभित्र रिङरोड निमार्ण,विद्युतीकरणलाई व्यावस्थित गर्ने,शौर्यवत्ति जडान तथा मर्मत गर्ने योजना रहेको खतिवडाले बताए ।

त्यस्तै कृषि क्षेत्रमाथोपा सिचाई र लिफ्ट सिचाईलाई प्राथमिकता दिने, सुलभ मुल्यमा फलफुलका विरुवा वितरा गर्ने, उन्नत जातका पशुपालको लागि श्रोत केन्द्र स्थापना गर्ने, व्यवसायिक खेतीलाई अनुदानको सहयोग, कुखुरा पालनलाई प्रोत्साहन गर्ने आदि योजना सार्वजनिक गरिएको छ ।
नगरपालिकाको तुम्लिङ्टारबाट गाडीमा सेकाहा सम्म, सेकाहाबाट प्याराग्लाईडिङ गरी चेवावेसी र चेवाबेसीबाट अरुण नदिमा र्याफ्टिङ गराउदै पर्यटकलाई मनोरञ्जन दिलाउनको लागि निजि क्षेत्रसंग सहकार्य गर्ने, मनाकामना धामको गुरुयोजना तयार गर्ने, एसईईमा उत्कृष्ट अकं ल्याउने विद्यालय र एक छात्रा एक छात्रलाई पुरस्कारको व्यवस्था गर्ने, जुवाको रुपमा खेलिने क्यारामबोर्ड र लुडो जस्ता खेललाई प्रतिवन्ध लगाउने निति तथा कार्यक्रममा रहेको छ ।
त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने, जिल्ला अस्पताल खाँदबारीलाई हेल्थ असिस्टेन र स्टार्फ नर्स अध्ययनका लागि टिचिङ हस्पिटलको रुपमा विकास गर्ने, नगरप्रमुख विपद व्यवस्थापन कोष स्थापना गर्ने, नगर क्षेत्रलाई पुर्ण सरसफाई क्षे घोषणा गर्ने, ढोलबाजे पिप्ले सामुदायिक वन, लहरीखर्क सामुदायिक वन र थालेडाडाँ सामुदायिक वनलाई पर्यटकीय क्षेत्र निमाणमा जोड दिइने कार्यक्रममा प्रस्तुत गरिएको छ ।
मेयर खतिवडाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा राजश्व प्रशासनलाई चुस्त दुरुस्त तुल्याइने र करदाता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ भने पत्रकारी क्षेत्रलाई विकास र व्यवस्थापनको योजना निमार्ण गरिने उल्लेख छ ।

कार्यक्रममा प्रदेश सांसद सरिता खड्का, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्विका अवास, जनप्रतीनिधीहरु, नगरपालीकाका कर्मचारी, राजनितीकदलका प्रतीनिधीहरुको उल्लेखीय सहभागिता रहेको थियो भने नगरवासीहरुको सहभागिता भने न्युन रहेको थियो । नगरसभा भोलि सम्पन्न हुने छ ।