हत्या अभियोगमा भोजपुर छिनामखुका प्रमेशलाई १० वर्ष कैद

भोजपुर, २५ असार ।
जिल्ला अदालत भोजपुरले कतव्य ज्यान मुद्धामा एक जनालाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं २ छिनामखुका ५४ वर्षीय प्रमेश राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो ।

जिल्ला न्याधीस हरिश्चन्द्र इङनामको एकल इजालसले प्रमेशलाई आफ्नै जेठानी दिदि ५८ वर्षीय विद्या कुमारी राईलाई कुटपीट गरी मारेको अभियोगमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ नम्बर बमोजिम १० वर्ष कैदको फैसला गरेको हो ।

प्रमेशले गत वैशाख २३ गते आइतबार साँझ आफ्रनै जेठानी दिदी  विद्यालाई घरायसी विवाद हुँदा कुटपीट गरेका थिए । कुटपीटबाट टाउको लगाएत शरीरका विभिन्न ठाउँमा चोट लागेर गम्भिर घाइते विद्याको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।