सुन तस्करी प्रकरणमा ६ जनाविरुद्ध पूरक मुद्दा

विराटनगर,२० असार। सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सलग्न ६ जना विरुद्ध जिल्ला अदालत मोरङमा पूरक मुद्दा दर्ता गरिएको छ । बुधबार प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत पूरक मुद्दा दर्ता गरिएको हो ।

जिल्ला न्यायधिवक्ताको कार्यालयका प्रमुख पुूण्यप्रसाद पाठकले प्रहरी हिरासतमा रहेका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवाल र भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङविरुद्ध पूरक मुद्दा दायर गरिएको जानकारी दिए ।