प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

विराटनगर । प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट सोमबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर १४ का २० वर्षीय मोहम्मद जावेल आलमलाई पक्राउ गरेको हो ।
आलमले सीआरभी पोष्ट जतुवामा कार्यरत प्रहरी जवान गौरव काफ्लेमाथि आक्रमण गरेको प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु बताए ।

रातमा समयमा तीन जना मोटरसाइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले रोकेको थियो । रोक्ने क्रममा उनीहरुले १० लिटर डिजेल समेत ग्यालेनमा बोकेर ल्याएको फेला परेपछि प्रहरीले सोधपुछ गर्ने क्रममा आलम एक्कासि प्रहरी जवान काफ्लेमाथि जाइलागेको प्रहरी निरीक्षक निरौलाले बताए । डिजेल भने धान रोपाइँका लागि लगेको पाइएको छ । उनीसंगै मोटरसाइकलमा रहेका दुई युवाले भने प्रहरीले केही पनि नगरेको बताइएको छ । आलम विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।