भीरबाट लडेर वृद्धाको मृत्यु

१६ असार । भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका (६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवन गर्ने सुनार मदिरा सेवनकै बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ