प्राइम लाइफ इन्सुरेन्स भोजपुरद्धारा मृत्यु दावी भुक्तानी

भोजपुर,१३ असार ।
प्राइमलाइफ इन्सुरेन्स कम्पनी भोजपुरले मृत्यु दावी भुक्तानी गरेको छ । भोजपुर नगरपालिका एक हेलौछाकी निरुषा आलेमगरको मृत्यु भए पश्चात मगरकी आमा पुर्णमाया आले मगरलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

मगरले ५ किस्तामा गरि ३२ हजारको विमा जम्मा गरेकोमा कम्पनीले ७१ हजार २ सय ८० मृत्यु दावी भुक्तानी दिएको हो । कम्पनीको कार्यालयमा एक कार्यक्रमका विच साखा प्रमुख सन्दिप राईले रकम हस्तान्तरण गरेका हुन् ।

कम्पनीमा हाल सम्म १२ सय जनाले विमा गरिसकेको साखा प्रमुख राईले जानकारी दिए ।