जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिताको उपाधी, कुशल मोक्तानको समुहलाई

भोजपुर ७ असार
भोजपुर कबडहलमा गत ४ गते सोमबार बाट सुरु भएको प्रथम खुल्ला जिल्ला स्तरिय भोजपुर नगरपालिका मेयर कप व्याडमिन्टन प्रयोगिता (आज ) विहिवार बाट सम्पन्न भएको छ । प्रतियोगीतामा भोजपुर नगरपालिका ७ का कुशल मोत्तानको समुह प्रथम भएको छ । त्यस्तै षडानन्द नगरपालिकाका दावा शेर्पाको समुह दोस्रो र भोजपुर नगरपालिका ११ आम्तेकका खगेन्द्र राईको समुह तेस्रो भएको छ । प्रथम दोस्रो र तेस्रो जोडिले क्रमश २५ हजार १५ हजार र १० हजार पाएका छन् ।

त्यस्तै १६ वर्ष मुनीको प्रतियोगीतामा भोजपुर नगरपालिका ८ का शिसम्सा राई प्रथम, भोजपुर नगरपालिका १० का युनिश राई दोस्रो र हेलउछाका विज्ञान रायामाझि तेस्रो हुनु भएको छ । विजेता तिनै जनाले क्रमश ५ हजार ३ हजार र २ हजारको ¥यार्केत हात पार्नु भएको छ ।
उता महिला खुल्ला प्रतियोगीता तर्फ भोजपुर नगरपालिका ७ की लोक्त्तमा राई प्रथम, सोहि वडाकै शुभलक्ष्मी राई दोस्रो र भोजपुर नगरपालिका १२ टकसारकी प्रतिभा श्रेष्ठ तेस्रो हुनु भएको छ । विजेता तिनै जना प्रतियोगीले क्रमश ५ हजार ३ हजार २ हजार नगद हात पार्नु भएको छ ।

 

प्रतियोगितामा खुल्ला डवल पुरुष तर्फ १६ टिम, १६ वर्ष मुनीका ६ जना र महिला खुल्ला तर्फ पनि ६ जनाको सहभागीता रहेको थियो । भोजपुर व्याडमिन्टन संघको आयोजनामा र भोजपुर नगरपालिकाको १ लाख आर्थीक सहयोगमा प्रतियोगीता सम्पन्न गरीएको संघका अध्यक्ष निमा शेर्पाले जानकारी दिए ।