प्रवासी आवाज म्युजिक धमाकम १ आबुदाबि युएईमा

टिकाराम बस्नेत
३१ जेठ, युएइ अलएेन ।
युएईमा जनचेतनामूलक प्रवासी आवाज म्युजिक धमाकम -१ सञ्चालन हुने भएको छ । कोइँच अनलाइनखबरबाट संञ्चालीत प्रवासी नेपाली साथी समूह युएईले प्रवासमा रहेका नेपालीहरुले प्रदेशमा भोगनु परेको विभिन्न समस्या उजागर गर्ने तथा आगमी दिनमा यस्तो समस्या नेपालीहरू माथि नपरोस् भन्ने उदेश्यका साथ कार्यक्रम गर्न लागेको हो । जुलाई १३ मा पहिलो पटक युएईको राजधानी आबु दाबीमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

प्रवासी नेपाली साथी  समुहका सस्थापक अध्यक्ष मोहन सुनुवारले यस कार्यक्रमले आगामी दिनमा रोजगारी सिलसिलामा विदेश जाने नेपालीहरूको लागि निकै नै टेवा पुग्ने वताए ।
नेपाली महिलालाई घरेलु कामदारमा पठाउन रोक लगाउने र ढाँठेर पठाउने व्यक्ती वा संघसस्थाहरूलाई काननी कारवाहि हुनुपर्ने साथै सिप मुलुक कामदारहरू मात्र बैदेशीक रोजगारमा जान पाउने विषयमा जोड दिदै यो कार्यक्रम संञ्चालन गर्न लागेको उनको भनाई छ ।
नेपालबाट गायक तथा संगितकार शिव थापा मगर,चर्चित गायिका पूजा सुनुवार,गायक तथा संगितकार युवा राज मुखिया(रमेश) र साथमा लोक कार्यक्रममा गायिका आयुसा सुनुवारको उपस्थिति रहने आयोजकको भनाई छ ।

उनीहरु जुलाई १० को युएई प्रस्तान र १३ जुलाई कार्यक्रम समापन गरि नेपाल फर्कने कार्यतालिका रहेको समुहका सचिव अर्जुन परियारले वताए ।

सुनुवार सेवा समाज युएई,प्रवासी अनलाइन खबर युएई,एभरेस्ट पेईट रेस्टुरेन्ट मुसफा अबुदावि,मितेरी नेपाल युवा समूह सिरहा नेपाल,कोइँच अनलाइन खबर,सुनुवार डिजिटल प्रोडक्स,सेरेमफु युवा कलव दोलखा नेपाल,हाम्रो उदयपुर अनलाइन रोधि घर,कोइँच कुम्सो खिं काठमाडौं नेपाल,नयाँपत्रिका, लगाएत कुवेतबाट कोइँच अनलाइन खबर डट कम का सल्लाहकार सोम माया सुनुवारको अर्थिक सहयोग रहेको आयोजकको भनाई छ ।
जुलाई १३ बिहन ९ बजे देखि साझ ६ बजे सम्म सञ्चालन हुने कार्यक्रम युएई को राजधानी आबुदावि मलयाली समाजम हल मुसफा हुनेछ । कार्यक्रममा नाटक अमुल्य जिवन,हास्य ब्याङ्गा,नृत्य तथा नेपालबाट आएका कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।