भोजपुर हातेमालो समाज युएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

भोजपुर, ३० जेठ ।
भोजपुर हातेमालो समाज युएईले भोजपुर अरुण गाउँपालिका -६ की एक विरामीलाई आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको शिलसिलामा बिगत केही समय देखि युएईमा काम गर्दै आएकी बिमला थापालाई उपचारको लागि आर्थिक सहयोग गरेको समाजका महासविच तीर्थ योञ्जले जानकारी दिए ।

थापा समाजको अबुधावि कि सकृय आजिवन सदस्य समेत हुन् । हाड जोर्नीको समस्याबाट पिडित थापाको हाल काठमाडौको टिचिङ अस्पतालमा उपचार भैरहेको छ।

उपचारका क्रममा आर्थिक अभाव भए पछि समाजको सक्रियतामा अबुधाविमा नै हुँदा ६ सय दिराम र हिडडुल गर्ने सजिलो होस भन्ने अभिप्रायले स्मार्ट स्टिक सहयोग वितरण गरेको थियो । कम्पनीले टिकट दिएर नेपाल पठाएको बिमारी थापालाई समाजका आजिवन समिति तथा भोजपुरवासी दाजुभाइ तथा दिदिबहिनीहरुबाट सङकलित गरि पुनः ५४ हजार रुपैया पठाईएको हो । नगद रु ५४ हजार रुपैया र अबुधावि युएईमा दिईएको ७ सय दिरामको १८ हजार गरि थापा लाई जम्मा ७२ हजार वरावरको आर्थिक सहयोग गरिएको समाजका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर राई ले जानकारी दिए ।

काठमाडौको कोटेश्वर स्थित पलेटि रेष्टुरेन्टमा  गायिका कला राईले रकम बिरामी थापालाईहस्तान्तरण गरेकी हुन् । आर्थिक अभावको अवस्थामा समाजले आफुलाई सहयोग गरेको भन्दै थापाले खुुसी व्यक्त गरिन् । थापाले आफु सन्चो भए पछि समाजलाई सक्दो सहयोग गर्ने भन्दै सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

समाजले यस अघि पनि जिल्लामा भएको अस्पताल र अन्य मृगौला पिडित तथा विभिन्न आपत बिपतमा परेका हरुको सहयोगमा सकारात्मक भुमिका निर्वाह गर्दै आएको र भोजपुरका हरेक क्षेत्रमा आर्थिक सामाजिक सहयोग गरिने कुरा भोजपुर हातेमालो समाज युएईका कार्यक्रम संयोजक अवतार योन्जनले वताए ।

भोहासको पहलमा संकलित युएई मनि ट्रान्सफर मार्फत पठाइएको उक्त रकम  गायिका कला राई मार्फत पिडित थापा लाई हस्तान्तरण गरिएको भोहासका प्रबक्ता काजल राई ले वताइन् ।