खोटाङ्गमा मास हिस्टोरियाले बिद्यालय बन्द

खोटाङ्ग,२९ जेठ ।
खोटाङमा मास हिस्टोरियाले छात्रालाई सताएपछि बिद्यालय बन्द गरिएको छ ।

छात्राले काम्ने, मुख बाडिने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि रावावेँसी गाउँपालिका–६ हौचुरस्थित सारदा मावि मंगलबार बाट बन्द गरिएको हो । सुरुमा चार–पाँच जनाबाट सुरु हुने मास हिस्टोरिय क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ १५–२० जना बिरामी पर्न थालेपछि मंगलबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द भएको शिक्षा समन्वय इकाई प्रमुख ठाकुर दहालले बताए ।
आईतबार एकैसाथ २० छात्रामा मास हिस्टोरिया देखिएपछि अभिभाबकलाई बोलाएर विद्यार्थी जिम्मा लगाएर पठाइए पनि मंगलबार पुःन समस्या दोहोरिएको प्रअ रामकुमार बरुवालले बताए । विगतमा २०६२/ ६३ सालमा १५ जना छात्रामा मास हिस्टोरिया देखियो । त्यसपछि पुनः २०७२ सालमा १२ जनामा देखियो ।

प्रअ रामकुमार बरुवालले भने, ‘अहिले आएर पुनः तिन वर्षपछि मास हिस्टोरिया देखियो ।’ छात्राले अस्वभाबिक क्रियाकलाप देखाउन थालेपछि आईतबार र सोमबार विद्यालयको पठन–पाठन ठप्प भएको थियो ।