१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्

ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीा  विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो ।

शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उहाँको भनाई छ ।

कमजोरीकै कारण उहाँको कान र आँखामा असर गरेको छ ।

बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर रहेको छ ।