धरान तथा भेडेटारमा फस्टाउँदै यौन व्यवसाय

धरान । धरानमा यौन व्यवसाय फस्टाएको पाइएको छ । अहिले सुनसरको धरान र धनकुटाको भेडेटार आपसासका केही होटलमा लुकीछिपी यौन व्यवसाय फस्टाएको पाइएको प्रहरीले जनाएको छ । धरान प्रहरीले यस आपसमा रहेका होटलबाट १५ दिनको अवधिमा यौन सम्पर्क गर्दै गर्दाको अवस्थामा ७ जोडीलाई रंगेहात प्रक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ । प्रक्राउ परेका सबैलाई यस क्षेत्रमा रहेको डुकु होटलबाट प्रक्राउ गरेको जनाएको छ ।

पछिल्लोसमयमा अर्थात तीन दिन अगाडि समेत प्रहरीले डुकुमा छापा मार्दा यौन सम्पर्क गर्दै गर्दा दुई जोडी फेला पारे पनि दुई युवक भने होटलबाटै भाग्न सफल भएको र युवतीलाई भने अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

होटलमा यसरी बारम्बार जोडी भेटिएपनि प्रहरीले डुकु होटलका सञ्चालकलाई चेतावनी दिएर कागज गराएर छाडिदिएको छ । यस क्षेत्रका अधिकांश होटलमा यौन व्यवसाय पाइएकोले अब धरान प्रहरीले कडाइ गर्ने डिएसपी खतिवडाको भनाई छ । यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमतिमात्र हैन कलेजमा पढ्ने युवा युवतीहरु समेत संलग्न रहेको पाइएको उहाको भनाई छ ।

कतिपयले भने बच्चा साथमा लिएर आउने र परिवारको अभिनय गर्ने गरेको समेत पाइएको डिएसपी पौडेलको भनाई छ । प्रक्राउ परेका अधिकांशलाई सार्वजनिक मुद्दा लगाउने गरिएको र यौन व्यवसाय गर्ने होटलहरुलाई आइन्दा त्यसो नगर्न चेतावनी दिएर छाडिदिने गरिएको उहाको भनाई छ ।