भोजपुर हातेमालो समाजद्धारा मृगौला पिडित मदनलाई १ लाख २७ हजार सहयोग

भोजपुर २७ जेष्ठ ।
भोजपुर हातेमालो समाज युएईले मृगौला पिडित मदनकुमार राईको उपचारार्थ आर्थिक सहयोग गरेको छ । खोटाङ्ग दिप्रुंग गाउँपालिका ९६ का मदन कुमार राईका दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले देश बिदेशमा आर्थिक संकलनको अभियान चलाईएको समाजले जनाएको छ । यहि सिलसिलामा भोजपुर हातेमालो समाजले मृगौला पिडित राईको उपचारको लागि १ लाख २७ हजार आर्थिक रकम गायिका कला राई मार्फत हस्तान्तरण गरेको हो ।

पिडित राईले पहिला धरानमा १९ दिन उपचार गरेका थिए । तर त्यहाँ उपचार हुन नसकेपछि ललितपुरस्थित निदान हस्पिटलमा उपचार गराई रहेका छन् ।

राईको उपचारार्थ भोजपुर हातेमालो समाज युएई बाट धुर्व तामाङ, हिमालयन रेष्टुरेन्ट युएईका सञ्चालक कटक राई साथै मोनिका राई, मुक्ति राईले उक्त रकम संकलन गर्न प्रमुख भूमिका खेलेकोमा पिडित राई र उनको श्रीमती अतिसरा राईले धन्यवाद दिएका छन् भने उक्त रकम आ९आफ्नो ठाउँबाट सहयोग गरेर रकम संकलनमा सहयोग गर्ने सबै प्रति आभार व्याक्त गरेका छन् ।