भोजपुरको चरम्बीमा छोराको खुकुरी प्रहारबाट बुवा गम्भिर घाइते

भोजपुर, २६ जेठ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । अरुण गाउँपालिका –४ वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

टंकले सामन्य विवाद हुँदा आफ्नै वुवा ५५ वर्षीय दान वहादुर भुजेललाई शुक्रवार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । खुकरी प्रहारबाट दान वहादुरको ओठ, वाया हातको नाडी र पातामा भम्भिर चोट लागेको प्रहरी जनाएको छ ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा अचेत अवस्थामा सामान्य उपचार पछि विपी कोइराला स्वाथ्स्य विज्ञान प्रतिष्ठान धरान लैजान तयारी भईरहको प्रहरीले जनाएको छ । खुकुरी सहित पक्राउ परेका टंकको विषय अनुसन्धान भईरहको पहरीको भनाई छ ।