‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेसमा’ निरकला र विवेकको जीत

भोजपुर, २५ जेष्ठ ।
‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ मा महिला तर्फ सोलुखुम्वुकी निरकला राई र पुरुष तर्फ धनकुटाका विवेक राई प्रथम भएका छन् । निरकलाले निर्धारित ५२ किलोमिटरको दुरी ६ घण्टा २४ मिनेटमा पुरा गरिन भने विवेकले सोही दुरी ५ घण्टा २५ मिनेटमा पुरा गरेको आयोजकले जनाएको छ ।
त्यस्तै महिला तर्फ सोलुखुम्वुकै पुर्णीमा राई दितिय र भोजपुरकी प्रतिभा श्रेष्ठ तृतिय वनिन् । त्यसैगरी भोजपुर आमचोकका उमेश राई दितिय र भोजपुर नगरपालिका २ का राम वहादुर गुरुङ्ग तृतिय वने भने भोजपुर नगरपालिका ९ का सरोज राई चौथो र टेम्केमैयुङ्ग गाउँपालिका २ का पाँचौ वने ।
विजयी हुने प्रथम दितिय, तृतिय, चौथो र पाँचौ महिला तथा पुरुष खेलाडीले क्रमश ५० हजार, २५ हजार, १५ हजार, दश हजार र ५ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने भएका छन्  भने सामुहिक रुपमा प्रथम दितिय र तृतिय हुने समुहले क्रमशः १० हजार, ८ हजार, ५ हजार , ट्रफी र प्रमाण पत्र पाउने भएका छन् । । विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा सञ्चालन गरिएको प्रतियोगितामा १७ महिला र ६३ पुरुष गरि ८० जनाको सहभागिता रहेको थियो । दौड भोजपुरको सहिदपार्कबाट धामखर्क, सुन्तले, ढुङ्खर्क सम्म र पुनः सोही मार्ग हँुदै सहिद पार्क सम्म ५२ किलोमिटरमा गराइएको हो ।

राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमी, तिम्मा सरोकार मञ्च काठमाण्डौ, दावाली मिलन क्लवले थियो भने त्यस्तै प्राविधिक सहयोग नेपाल माउटेन्ड स्काई रनिङ्ग एसोसियसनले गरेको थियो ।  पुरष्कार वितरण भने शनिवार विहान हुने आयोजकले बताएको छ ।