भोजपुरमा वहुविवाहको अरोपमा पक्राउ परेको जोडी धरौटीमा रिहा

भोजपुर,६ जेष्ठ ।
वहुविवाहमा गरेको आरोपमा पक्राउ परेका एक जोडी धरौटीमा छुटेका छन् ।

वहुविवाह आरोपमा पक्राउ परेका आमचोक गाउँपालिका –४ वालंखाका ३३ वर्षीय उमेश राई र उदयपुरको चौडन्डी नगरपालिका –७ की डम्वर कुमारी राई २५/ २५ हजार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

आफु हुँदा हुँदै दोश्रो विवाह गरेको भन्दै उमेशकी जेठी श्रीमती मनीकला राईले प्रहरी चौकी वालंखामा उजुरी दिए पछि दुवै जनालाई ३ जेठमा प्रहरीले पक्राउ गरेको थियो ।