सर्पको टोकाईबाट एकै परिवारका दुईको मृत्यु

उदयपुर । उदयपुरमा विषालु सर्पको टोकाईबाट एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । कटारी नगरपालिका– ४ सिम्लेमा बिषालु सर्पको टोकाईबाट हजुर आमा र नातिको मृत्यु भएको छ ।

सर्पको टोकाईबाट ५० वर्षिय हजुरआमा टिकामाया बस्नेत र ११ वर्षिय नााति सगुन बस्नेतको ज्यान गएको छ । राति सुति रहेको अवस्थामा हजुरआमा र नातिलाई विषालु सर्पले टोकेको थियो ।

टीकामायाको आइतबार बिहान घरमै मृत्यु भएको हो । सगुनको सैनिक क्याम्प कटारी, ताराघारीमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको क्याम्पका मेजर साकार सिंह बस्नेतले जनाकारी दिए । कटारी क्षेत्रमा सर्प, बिच्छीको टोकाईबाट पीडित बन्नेको संख्या बढ्दै गएको छ । यस वर्ष मात्रै १९ जना सर्प र बिच्छीको टोकाईबाट पीडित बनेका छन् ।