भोजपुरमा सर्पको टोकाईबाट प्रहरी हवल्दार घाइते

भोजपुर,२० जेठ ।
भोजपुर नगरपालिका –१ डाँडा वोखिममा आइतवार सर्पको टोकाईबाट प्रहरी हवल्दार घाइते भएका छन् ।

स्टिकर टास्न गएका जिल्ला प्रहरी कार्यालय भोजपुरमा दर्वन्दी भई अस्थायी प्रहरी चौकी सुन्तलेमा कार्यरत प्रहरी हवल्दार अमरेन्द्र यादव घाइते भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

घाइते यादवलाई उपचारको लागि पीठ्यूमा वोकेर जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वाँया हातमा सर्पले टोकेका यादवको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।