भोजपुरको रामप्रसादराई गापालाई नगदसंगै ‘सय तोलाको ट्रफी’

भोजपुर,२० जेठ ।
भोजपुरको आमचोकमा सञ्चालन भएको अन्तर नगर तथा गाउँपालिका स्तरिय महिला तथा पुरुष छोङखा साकेन्वा रनिङ सिल्ड भलिवल प्रतियोगिताको उपाधी महिला तर्फ हतुवागढी र पुरुष तर्फ रामप्रसादराई गाउँपालिकाले हात परेको छ ।

उपाधीसंगै महिला भलिवल टिमले एक लाखको साथमा ८० तोला चाँदिको ट्रफी मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै प्रतीयोगीताका दोस्रो हुँदै आमचोक गाउँपालिकाले ६६ हजार ६ सय ६६ का साथमा ट्रफी मेडल र प्रमाण पत्र पाएको छ, भने तेस्रो हुँदै टेम्केमैयुङ गाउँपालिकाले नगद ३९ हजार ९ सय ९९ साथमा मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै पुरुष भलिवल तर्फको उपाधी रामप्रसादराई गाउँपालिकाले हात पारेको छ ।

उपाधीसंगै रामप्रसादराई गापाले एक लाख ३३ हजार ३३३ साथमा एक सय तोला चांदिको ट्रफी मेडल र प्रमाण पत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाउदै षडानन्द नगरपालिकाले नगद १ लाख मेडल र प्रमाण पत्र पाएको छ, भने तेस्रो हुँदै टेम्केमैयुङ गाउँपालिकाले ६६ हजार ६६६ मेडल र प्रमाण पत्र पाएको छ ।

त्यस्तै प्रतियोगीताको एकल नृत्य तर्फ रोस्लीना राना मगर प्रथम, कृष्ण तामाङ दोस्रो सलीना राई तेस्रो भएका छन् । त्यस्तैगरी गाएन तर्फ संयोग राई प्रथम, सुमन मगर दोस्रो र इन्द्र मगर तेस्रो वनेका छन् । म्याराथुन तर्फ धनकुटाका विवेक राई प्रथम भएका छन् भने आमचोक गाउँपालिकाका उमेश राई दोस्रो र सोहि गाउँपालिकाका संदेश राई तृतिय वनेका छन् ।

गायन, नृत्य र म्याराथुनमा क्रमश प्रथम, दोस्रो र तेस्रो हुने सबैले १५ हजार १० हजार र ५ हजारको साथमा मेडल र प्रमाण पत्र पाएको आयोजकले जनाएको छ । आमचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगीताको प्रायोजन गाउँपालिकाकाले गरेको समितिका सहसचिव मीलन राईले जानकारी दिए । प्रतियोगिता गत १५ गतेबाट शुरु भएको थियो ।