भोजपुरका १८ युवालाई ड्राभिङ्ग तालिम

भोजपुर, १७ जेठ ।
भोजपुरको हतुवागढी गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिको संयुक्त आयोजनामा १५ दिने ४ पाङ्ग्रे हलुका सवारी साधन सञ्चालन तालिम शुरु भएको छ ।

तालिममा हतुवागढी गाउँपालिकाका सवै वडाबाट २/२ जना गरि १८ जनाको सहभातिगता रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं एकका वडा अध्यक्ष कुमार विष्टले जानकारी दिए । युवाहरुलाई ड्राइभिङ्ग सिकाई स्वरोजगार वनाउने उद्धेश्यका साथ सञ्चालन भएको तालिमको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमका विच विहिवार उद्घाटन गरेका छन् ।

तालिम हतुवागढी गाउँपालिकाको एक लाख ५० हजार र घरेलु तथा साना उद्योग विकास समितिको एक लाख ८० हजार लागतमा आयोजना गरिएको हो । तालिम सुनसरीको इटहरीमा सञ्चालन भइरहेको छ ।