भोजपुरमा बालिका वलत्कार गर्ने व्यक्तिलाई ९ वर्ष कैद फैसला …

भोजपुर, २ जेष्ठ ।
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई वलत्कार गर्ने एक व्याक्तिलाई ९ वर्ष कैद सजाएको फैसला गरेको छ ।

जिल्ला न्यायाधीस हरिश्चन्द्र ईङ्नाम को एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर –१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद सहित ५० हजार क्षतिपुर्ती दिनु पर्ने फैसला गरेको हो ।
पिडित बालिकालाई ती युवकले आफ्नो पसलमा सामान किन्न आएको बेला ०७४ वैशाख २१ गतेबाट पटक– पटक बलत्कार गर्ने गरेको पिडित बालिकाको परीवारले दिएको उजुरीमा उल्लेख छ ।

पटक- पटक बलात्कृत हुँदै आएकी बालिकाले गत २०७४ साल माघ १५ गते आफ्नी दिदिलाई सुनाएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आरोपित दिनेशलाई मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ (२) अनुसार ६ वर्ष तथा हाडनाता करणीको २ (२) अनुसार थप ३ वर्ष गरी ९ वर्ष कैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।